आइरन म्यान’का रोबर्ट डाउनी जुनियर सबैभन्दा बढी आमदानी गर्ने अभिनेता

आइरन म्यान’का रोबर्ट डाउनी जुनियर सबैभन्दा बढी आमदानी गर्ने अभिनेता

काठमाडौं, साउन ६

चर्चित सुपरहिरो आइरन म्यानको भूमिकामा देखिने हलिवुड अभिनेता रोबर्ट डाउनी जुनियर लगातार दोस्रो पटक सबैभन्दा बढी कमाई गर्ने अभिनेता बनेका छन् । चर्चित फोब्र्स पत्रिकाले जारी गरेको सूचीमा रोबर्ट डाउनी पहिलो नम्बरमा पर्न सफल भएका हुन् । आइरन म्यान र एभेन्जर्सका नायक रोबर्ट डाउनीले ७५ मिलियन डलर कमाइ गरेका छन् । उनले यो रकम सन् २०१३ को जुन देखि सन् २०१४ को जुन सम्म ‘आइरन म्यान–३’ बाट कमाइ गरेका हुन् । उनले यस चलचित्रले बक्स अफिसमा १.२ बिलियन डलर कमाएको थियो । रेस्लरबाट नायक बनेका ड्वेन ‘द रक’ जोन्सन यस सूचीमा दोस्रो नम्बरमा उक्लन सफल भएका छन् । गत वर्ष ५ औं स्थानमा रहेका उनले जिआई जो रिटालिएसन, फास्ट एण्ड फ्युरियसजस्ता हिट चलचित्र दिएपछि उनी तीन स्थानमाथि उक्लन सफल भएका हुन् । उनले करिब ५२ मिलियन डलर कमाइ गरेका छन् । तेस्रो स्थानमा ‘ह्यांगओभर’ का नाकय ब्राड्ली कुपर रहेका छन् । उनले ४६ मिलियन डलर कमाइ गर्न सफल भएका छन् । उनले सिल्भर लाइनिङस् प्लेबुक र अमेरिकन हसलमा पनि काम गरेका थिए । त्यस्तै, द वुल्फ अफ वालस्ट्रिटका नायक लियोनार्डो डि क्याप्रियो ३९ मिलियन डलर कमाई सहित चौंथो र थोरका नायक क्रिस हेम्सवर्थ पाचौं स्थानमा पर्न सफल भएका छन् । डि क्याप्रियोको द वुल्फ अफ वालस्ट्रिटले ३९५ मिलियन डलर र द ग्रेट ग्याट्बीले ३५१ मिलियन डलर कमाई गरेको थियो । यस सूचीमा लियाम नेल्सन छैटौं, बेन एफ्लेक सातौं, क्रिस्टियन बेल आठौं, विल स्मिथ नवौं र मार्क वाल्बर्ग दशौं स्थानमा रहेका छन् ।  

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे