बैतडीको पाताल भुवनेश्वर गुफा महोत्सवको तयारी

बैतडीको पाताल भुवनेश्वर गुफा महोत्सवको तयारी

 भरतबन्धु थापा
१२ चैत, काठमाडौं । नेपालको सबैभन्दा गहिरो पाताल भुवनेश्वर गुफा महोत्वको तयारी शुरु भएको छ । बैतडीस्थित नेपालकै सबैभन्दा गहिरो गुफा प्रचार अभावमा ओझेलमा परेपछि महोत्सव गर्न लागिएको हो । पर्यटन प्रर्वद्धन केन्द्रको आयोजनामा चैत २९ गते एकदिने पाताल भुवनेश्वर गुफा महोत्सव हुन लागेको हो ।
महोत्सवको मुल उद्धेश्य पाताल भुवनेश्वर गुफाको प्रचार गरी पर्यटकलाई जानकारी दिई उनीहरुलाई आकर्षण गर्नु रहेको पर्यटन प्रबर्द्धन केन्द अध्यक्ष प्रकाश भट्टले बताए । महोत्सबमा गुफाको अवस्थाबारे बिस्तृत विवरण र वास्तविक तथ्य बाहिर ल्याउनुपनि रहेको भट्टले बताए । महोत्वसमा स्थानीय खानाका परिकार र सांस्कृतित झाँकीसमेत देखाइने आयोजक संस्थाले जानकारी दिएको छ ।
पाताल भुवनेश्वर गुफा बैतडीको बासुली र भुमेश्वर गाविसको सीमानामा अवस्थित छ । गुुफाबारे थुप्रै किम्बदन्ती र पौराणिक कथाहरु छन् । द्धापरयुगमा पाण्डवहरु यही गुफा भएर स्वर्ग गएको किम्बदन्ती छ । अहिलेसम्म गुफाको लम्बाई र गहिराईको अवस्थाको एकिन तथ्य पत्ता लागेको छैन् ।
गतवर्ष पर्यटन प्रबर्द्धन केन्द्रकै पहलमा इन्टरनेशनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन र उनको टिमले गुफाबारे अध्ययन गरेको थियो । दुसेनकै टिमको अध्ययनबाट पाताल भुवनेश्वर गुफा नेपालकै गहिरो
रहेको पत्ता लागेको थियो । यो गुफा १ सय ६० मिटर गहिरो रहेको छ भने लम्बाई ८ सय मिटर रहेको पत्ता लागेको थियो ।यद्यपि विस्तृत अध्ययन बाँकी रहेकाले यो गुफा अझै गहिरो र लामो हुने गुफा विशेषज्ञ दुसेनको भनाई छ । यसपटक पनि गुफाको विस्तृत अध्ययन गर्न दुसेनको टिम पर्यटन प्रबर्द्धन केन्द्रको पहलमा बैतडी जाँदैछ ।
पर्यटन प्रबर्द्धन केन्द्रले सुदूरपश्चिमकै नौवटा जिल्लाका पर्यटकीय क्षेत्रको अध्ययन गरेर सचित्र पुस्तकसमेत प्रकाशन गर्न लागेको छ ।

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे