नायक भूवन केसी अब वर्षमा एउटा चलचित्र

नायक भूवन केसी अब वर्षमा एउटा चलचित्र

ड्रिम्सबाट निर्देशनमा डेब्यु गरेका नायक भूवन केसी अब वर्षमा एउटा चलचित्र आफैंले निर्देशन गर्ने योजनामा छन् । भविष्यमा अन्य ब्यानरसँग सहकार्य गरेर चलचित्र बनाउने र त्यसको निर्देशन आफूले गर्ने सोच उनको छ ।
भुवनले भने, ‘जसरी बलिउडमा यशराज ब्यानरले अन्य ब्यानरसँग सहकार्य गरेर बर्षमा २-३ वटा चलचित्र बनाउँछ । अब म पनि यही शैलीका साथ अगाडि बढ्छु ।’
भुवनका अनुसार उनी आफ्नै ब्यानरबाट बर्षमा एउटा चलचित्र सोलो रुपमा बनाउने छन् । पहिले आफू एक्लै भएकाले केही गाह्रो भएको भन्दै भूवनले अब छोरा अनमोल पनि भएकाले काम गर्न सजिलो हुने आशा गरेका छन् ।
आफूहरुले साझेदारीमा बनाउने चलचित्रमा भने नायकको रुपमा अनमोल नै हुनुपर्छ भन्ने नभएको उनले बताए  

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे