बिजन पन्त बेलायतको प्रख्यात अक्सफोर्ड विश्वबिद्यालयको गरिवी र मानव बिकास बिभाग

बिजन पन्त बेलायतको प्रख्यात अक्सफोर्ड विश्वबिद्यालयको गरिवी र मानव बिकास बिभाग

प्राध्यापक डाक्टर बिजन पन्त बेलायतको प्रख्यात अक्सफोर्ड विश्वबिद्यालयको गरिवी र मानव बिकास बिभाग अन्तर्गत मल्टी डाइमेन्सन पिइर पोभर्टी नेटवर्कको सल्लाहकारमा नियुक्त भएका छन् ।
केहि महिनाअघिदेखि बिकास बिज्ञको रुपमा काम गर्दै आएका पन्तले दक्षिण एशिया हेर्ने गरी नियुक्ति पाएका हुन् । बिकास मामलाको अध्ययन अध्यापन गरिरहेका डा. पन्तले यसअघि समाजवादी अर्थ विकास नीति सम्बन्धि काम गर्दै आएका थिए ।
युनिभर्सिटी अफ अक्सफोर्डको गरिबी र मानव विकास विभागले सन् २००७ देखि विश्वका कयौं मुलुकमा स्वतन्त्र र मानव सम्वृद्ध सम्बन्धि खोज अनुसन्धान गर्दै आएको छ ।
अक्सफोर्डले विकासशील देशहरुमा राष्ट्रिय सरकार, अन्तर्राष्ट्रिय संस्थाहरु लगायत अन्य विभिन्न मानव विकासका पक्षमा काम गर्दै आएका संस्थाहरुसंग समन्वय गरी गरिवी हटाउन आधुनिक नीति पनि तय गर्छ ।
डा. पन्तले नेपालमा पनि स्वर्गीय सुशील कोइराला प्रधानमन्त्री हुँदा सामाजिक तथा विकास मामिला सल्लाहकारको रुपमा कार्यरत थिए  

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे