जर्मनीका पुष्प थापाले कांग्रेस महासमिति सदस्य अस्वीकार

जर्मनीका पुष्प थापाले कांग्रेस महासमिति सदस्य अस्वीकार

बार्सिलोना । नेपालको संविधानमा विदेशी नागरिकता धारणा गरेका नेपाली मूलका गैरआवासीय नेपालीहरुलाई राजनीतिक अधिकार नभएको भन्दै त्यसको सम्मान स्वरूप जर्मनीका पुष्प थापाले कांग्रेस महासमिति सदस्य अस्वीकार गरेका छन्।
Pushpa-Thapa-Germanaiनेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि नेपाली जनसम्पर्क समिति जर्मनीले थापालाई महासमिति सदस्यमा चयन गरेको भए पनि थापाले संविधानमा नै उल्लेख नभएको भन्दै पद अस्वीकार गरेका हुन्।
थापाले भने, ‘नेपाली मूलका गैरआवासीय नेपालीहरुलाई संविधानमा सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार मात्र प्रदान गरेकाले कांग्रेसको १३ औं महाधिवेशनमा सहभागी हुने, तीब्र चाहना हुँदाहुँदै पनि नेपालको संविधानलाई सम्मान गर्दै सहभागी हुन सकिन । नेपाली जनसम्पर्क समिति जर्मनीले चयन गरेको महासमिति सदस्यलाई अस्वीकार गर्दै, अन्य साथीहरुलाई मार्ग प्रशस्त गरेको हुँ ।’
तर थापाले गैरआवासीय नेपालीहरुले उठाउँदै आएको माग ‘एक पटकको नेपाली सँधैको नेपाली’ र नेपाली नागरिकताको निरन्तरताको बिषयमा महाधिवेशनमा राम्रोसँग छलफल गरी गैरआवासीय नेपालीहरुको माग पूरा गर्न माग गरेका छन्।
थापा नेपाली जनसम्पर्क समितिको विदेश सल्लाहकार तथा जर्मनीका विधान संयोजक पनि हुन् । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जर्मनीका पूर्वअध्यक्ष समेत रहेका थापा हालका आइसीसी सल्लाहकार रहेका छन् ।
कांग्रेसको १२ औं महाधिवेशनमा थापा महाधिवेशन प्रतिनिधिको रुपमा जर्मनीबाट सहभागी बनेका थिए । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे