कांग्रेस महामन्त्री शशांक कोइराला सिकिस्त, भेन्टिलेटरमा उपचार हुँदै

कांग्रेस महामन्त्री शशांक कोइराला सिकिस्त, भेन्टिलेटरमा उपचार हुँदै

२२ असार

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला सिकिस्त बिरामी भएका छन् । महामन्त्री कोइरालालाई काठमाण्डुको चाबहिलस्थित ओम अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।
कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार बिहानपख अचानक वान्ता भयो । सो क्रममा फोक्सोमा वान्ता पस्यो । जसले अवस्था जटिल बनायो ।
पेट पोलेर कोइराला मंगलबार साँझ नै अस्पताल पुगेका थिए । अस्पतालले उनलाई भर्ना गरेर उपचार सुरु गरेको थियो । स्वकीय सचिव तिवारीले चिकित्सकहरुको भनाइ उदधृत गर्दै भने, ‘अवस्था केही सुधारोन्मुख जस्तो देखिएको छ । तर अवस्था चाहिँ जटिल नै हो । ’
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे