डा. कोइरालाको स्वास्थ्यमा बिहानभन्दा थप गम्भीर , किड्नी र कलेजोमा पनि समस्या देखियो

डा. कोइरालाको स्वास्थ्यमा बिहानभन्दा थप गम्भीर , किड्नी र कलेजोमा पनि समस्या देखियो

२२ असार, काठमाडौं ।

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा अहिलेसम्म सुधार हुन नसकेको अस्पतालले जनाएको छ ।

ओम अस्पतालमा उपचारत चिकित्सकले कोइरालाको स्वास्थ्यको अवस्थामा बिहानभन्दा थप समस्या देखिएको र किड्नी र कलेजोमा पनि समस्या देखिएको बताएका हुन ।

कोइरालाको अवस्था स्थिर रहेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिल्ली लगेर उपचार गर्न आग्रह गरे पनि कोइरालाकी पत्नीले भने अस्वीकार गरेकी छिन् ।

अहिले डा कोइरालाको उपचारको लागी १५ जना डाक्टरको टोली खटिएका छन । पारिवारिक स्रोतका अनुसार कोइरालाले मङ्गलबार राति पिज्जा खाएपछि उनलाई बान्ता भएको थियो । लगातार बान्ता भएपछि उहाँलाई ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे