एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा हुने

एपिएफ र पुलिसबीच फाइनल प्रतिस्पर्धा हुने

काठमाण्डु, १४ असार

राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा मंगलबार भएको सेमिफाइनल खेलमा विभागीय टोली विजयी भएका हुन् । एपिएफले न्यू डायमन्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । यस क्रममा एपिएफले न्यू डायमन्डलाई २५–१५, २५–२१ र २५–१७ ले पराजित गरेको हो ।
त्यस्तै दोस्रो सेमिफाइनल खेलमा पुलिसले पश्चिमाञ्चललाई ३–० कै सोझो सेटमा पराजित गर्दै एपिएफसँगको भेट पक्का ग¥यो । पुलिसले पश्चिमाञ्चमाथि २५–१८, २५–१२ र २५–२२ को सहज जित निकाल्यो ।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा पराजित न्यू डायमण्ड र पश्चिमाञ्चलले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानका लागि हुने दुवै खेल बुधबार हुनेछ । रासस
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे