राष्ट्रिय फुटबल टिमका तीन स्ट्राइकर औपचारिक रुपमै स्पेनको फुटबल क्लबमा आबद्ध

राष्ट्रिय फुटबल टिमका तीन स्ट्राइकर औपचारिक रुपमै स्पेनको फुटबल क्लबमा आबद्ध

नेपाली राष्ट्रिय फुटबल टिमका तीन स्ट्राइकर औपचारिक रुपमै स्पेनको फुटबल क्लबमा आबद्ध भएका छन् ।
स्पेनको तेस्रो डिभिजन क्लब मार्बेला युनाइटेडले नेपाली खेलाडी विमल घर्तिमगर, अन्जन विष्ट र अनन्त तामाङलाई मंगलबारदेखि औपचारिक रुपमा अनुबन्धित गरेको आफ्नो ट्वीटर एकाउन्टबाट एक ट्वीट गरेर जानकारी दिएको छ ।
तीनैजना खेलाडीलाई मार्बेला क्लबले आफ्नो सन् २०१६ को यूरोपियन टुर अन्तरगत जर्मनी, होल्यान्ड र बेल्जियममा हुने खेलका लागि अनुबन्धित गरेको बताएको छ ।
ट्वीटमा तीनै खेलाडीको फोटो समेत राखिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेलाडीहरु केही दिनमै स्पेन प्रस्थान गर्नेछन् । स्पेनिस क्लबमा आवद्ध भएर खेल्दा उनीहरुले पारिश्रमिक पनि राम्रै पाउने एन्फाको भनाई छ ।

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे