म्यानचेष्टर युनाइटेड आए इब्राहिमोभिच, भन्छन्, हामी जित्न चाहन्छौं

म्यानचेष्टर युनाइटेड आए इब्राहिमोभिच, भन्छन्, हामी जित्न चाहन्छौं

१८ असार

म्यानचेष्टर युनाइटेडले जाल्टन इब्राहिमोभिचलाई अनुवन्ध गरेको छ । र, उसका म्यानेजर जोसे माउरिन्होले क्लबमा आवद्ध भएका जाल्टनलाई विश्वकै उत्कृष्ट स्ट्राइकर मध्येको एक भनेका छन् ।

३४ वर्षे इब्राहिमोभिचले भने जोसे माउरिन्होसँग फेरि एक पटकसँगै यात्रा गर्न धेरै पर्खन नसकेको बताए । माउरिन्हो इन्टल मिलानका प्रशिक्षक रहँदा जाल्टन इब्राहिमोभिच पनि एक सिजन क्लबमा थिए । उनी एक विजेता हुन् र म पनि एक विजेता हुँ, इब्राहिमोभिचले भनेका छन्, हामी दुबैलाई थाहा छ कि हामी के चाहन्छौं । हामी जित्न चाहन्छौं ।’

स्वीडेनका स्ट्राइकरले चार देशमा उपाधि जितिसकेका छन् र अब ओल्ड ट्राफड आइपुगेका छन् । उनले एक वर्षे सम्झौता गरेका छन् ।

युनाइटेडका प्रशिक्षक माउरिन्होले जाल्टनलाई परिचय गराउन आवश्यक नरहेको बताए । उनले विश्वका महत्वपूर्ण लिग जितेको भन्दै माउरिन्होले भने, अब उनीसँग विश्वकै उत्कृष्ट लिग खेल्ने मौका छ । मलाई विश्वास छ, उनले यौ मौकालाई सदुपयोग गर्नेछन् र हामी उपाधि जित्न सँगै काम गछौं ।’ 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे