म्याग्दीले आठ सय डलर र उप विजेता

म्याग्दीले आठ सय डलर र उप विजेता

सीड्नीमा पहिलो पटक सञ्चालित महिला भलिबलको फाइनलमा पोखरा समाजलाई सिधा सेटमा हराउदै म्याग्दीले उपाधि जितेको हो । उपाधिसँंगै पोखरा समाजले पाँंच सय डलर हात पारेका छन् ।
पहिलो सेटमा पोखरा आपसी तालमेलको अभावमा सानो अन्तरले पराजित हुनु परेको थियो । तर दोस्रो सेटमा खेलमा आपसी समन्वयको अभावका कारण पोखराले १५ अंकमै हार्नु परेको थियो ।
म्याग्दीकी क्रिष्टल रानाको अलराउन्ड प्रर्दशननै फाइनलमा जितको कारण बन्यो । टोलीबिच आपसी तालमेल र रानाको उत्कृष्ट प्रर्दशनीका कारण खेल रोचक बनेको आयोजक नेपमार्टकी न्यान्सी पुनले बताइन् । रानाले म्यान अफ दी म्याच अर्वाड जितेको रेफ्री खेम पुर्जाले  जानकारी दिए ।
महिला भलिबलका विजेताहरुलाई एनआरएन अस्ट्रेलियाका प्रेस सल्लाहकार हेमन्त काफ्ले ,खेलकुद संयोजक नन्द गुरुङ , म्याग्दी समाजको अध्यक्ष हरी राम्जाली , पोखरा समाजका अध्यक्ष ध्रुब गुरुङ लगायतले ट्रफी तथा पदक र प्रमाणपत्र बितरण गरेका थिए । प्रतियोगितामा सहयोग गर्ने सम्पुर्ण प्रायोजक तथा सहयोगीहरुलाई समेत सम्मान गरिएको आयोजक न्यान्सी पुनले बताइन । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे