मेची भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने

मेची भन्सारमा लक्ष्यअनुसार राजस्व सङ्कलन नहुने

८ असार, काँकडभिट्टा (झापा) ।

चालु आर्थिक वर्ष २०७२÷७३ मा मेची भन्सार कार्यालय काँकडभिट्टाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसक्ने जनाएको छ ।
rकार्यालयले चालु आवको ११ महिनामा कुल लक्ष्यको ८५.९९ प्रतिशत वा ६ अर्ब ४१ करोड ४३ लाख ५७ हजार रुपैयाँ मात्र राजस्व सङ्कलन गर्न सफल भएको जनाएको छ ।

कार्यालयले सात अर्ब ४५ करोड ९८ लाख २७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयका अनुसार अन्तःशुल्क, भन्सार महसुल, मूल्य अभिवृद्धि कर शीर्षकमा सो राजस्व सङ्कलन गरेको हो ।

नेपालमा जारी भएको संविधानले मधेसी मोर्चाको मागलाई सम्बोधन नगरेको भन्दै सीमा क्षेत्रमा भारतले गरेको नाकाबन्दीका कारण कार्यालयले लिएको राजस्वको वार्षिक लक्ष्य प्रभावित भएको मेची भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले बताए।

प्रमुख अधिकारीका अनुसार अघिल्लो आवमा कार्यालय लक्ष्यभन्दा १०२.८४ प्रतिशतले बढी राजस्व सङ्कलन गर्न सफल भएको थियो । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे