फुटबलस्टार मेस्सीले लिए सन्यास

फुटबलस्टार मेस्सीले लिए सन्यास

काठमाण्डु, १२ असार

अर्जेन्टिनी फुटबलस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको लिएका छन् ।

अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि मेस्सीले सन्यासको घोषणा गरेका हुन् ।

अर्जेन्टिनाको टीमबाट टोलीलाई फाइनलसम्म पुर्याउने तर उपाधि जिताउन नसक्ने अभागी मेस्सीले चिलीसँगको हारपछि सहनै नसकेर सन्यास लिएका छन् ।

कोपा अमेरिकाअन्तर्गत सोमबार बिहान चिलीबिरुद्धको भएको फाइनल खेलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै उनले सन्यास घोषणा गरेका हुन् । यद्यपी अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा उनले निर्णय परिवर्तन गर्न सक्ने समेत टेलिभिजनले जनाएको छ ।
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे