पावर रेन्जरका हिरो नेपालमा

पावर रेन्जरका हिरो नेपालमा

काठमाडौ, श्रावण १५

 चर्चित जापानी टेलिभिजन कार्यक्रम 'पावर रेन्जर' का नायक स्युन सियोया नेपाल आएर सोमबार फर्केका छन्। केहीअघि उनी लुम्बिनीमा आँखा शिविर सञ्चालन गर्न आएका थिए। अमेरिका लगायत संसारभरका बालबालिका तथा किशोरकिशोरीमाझ चर्चित उनको टिभी सिरियल दस वर्षदेखि निरन्तर छ। दुई दर्जनजति जापानी फिल्म, दर्जन नाटक र टेलिभिजन सिरियलमा काम गरिसकेका उनलाई बिबी ट्रस्टले नेपाल ल्याएको हो। सोमबार बिहान उनले भक्तपुरस्थित समता निकेतनमा विद्यार्थीहरूमाझ आफ्नो अनुभव सुनाए। त्यसपछि गुहेश्वरीस्थित एक स्कुलमा पुगेका उनी दिउँसो २ बजे जापान फर्किन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गरेका थिए।

३२ वर्षे जापानी नायकले विद्यार्थीहरूमाझ सफलता र सपनाबारे प्रवचन दिएका दिए। उनले ह्वाइट बोर्डमा अंग्रेजी शब्द 'डि्रम' लेखेर त्यसैको मुनि पालैपालो विद्यार्थीहरूलाई आआफ्ना सपना लेख्न लाएका थिए। विद्यार्थीहरू कसैले शिक्षक, कसैले एयरहोस्टेज, कसैले कुङ्फु मास्टर त कसैले डाक्टर बन्ने सपना लेखेका थिए। '१० वर्षकै उमेरदेखि म कला क्षेत्रमा काम गर्न थालें,' उनले आफ्नोबारे बताए, '१५ वर्षमा हिरो बन्ने सपना देखें, १९ वर्षमै मेरो यो सपना पूरा भयो। सपना देख्नुपर्छ र त्यसलाई पछ्याउनुपर्छ, एक दिन अवश्य पूरा हुन्छ।'

उनले बिबी ट्रस्टको सहयोगार्थ नेपाली र जापानी कलाकारसहित 'नेपाल रेन्जर' बनाउन लागेको पनि जनाए। 'नेपाल रेन्जर' भने 'पावर रेन्जर' कै निर्माता कम्पनीले नभई स्युन आफैंले बनाउन लागेको बताइएको छ। तेस्रोपटक नेपाल आएका उनले नेपालको प्राकृतिक सौन्दर्य र नेपालीको हार्दिकताको प्रशंसा गरे। अन्तर्राष्ट्रियजगत्का चर्चित सेलिबे्रटी नेपालमा पाउनु र बालबालिका तथा किशोरकिशोरीहरूले उत्प्रेरणा लिन पाउनु निकै ठूलो मौका रहेको समता भक्तपुरकी पि्रन्सिपल शोभा तामाङले बताइन्।

 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे