राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने घटनाः प्रचण्डको होस उड्ने गतिविधिमा उनकै आठ सांसद

राष्ट्रिय राजनीतिलाई प्रभाव पार्ने घटनाः प्रचण्डको होस उड्ने गतिविधिमा उनकै आठ सांसद

२२ असार

मानव तस्करी र सरकारी काजगपत्र किर्ते गरेको अनुसन्धानमा आठ सांसद तानिएका छन् । स्पेन जान पेस गरेको सरकारी पत्र नक्कली बनाएर अर्कै व्यक्तिको नाम थपेर मानव तस्करीमा संलग्न रहेकोबारे प्रहरीले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याएको हो ।
अनुसन्धानको दायरामा तानिएका आठै सांसद माओवादी केन्द्रका हुन् ।
परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागको सिफारिस पत्र किर्ते गरी नक्कली पिए बनाएर असम्बद्ध व्यक्तिको नाम थपेको विषयमा केन्द्रीय अनुसन्धान व्यूरोले सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्यय, सिर्जना तमारु खत्री, सन्तुकुमार थारु, रुपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरीमाथि अनुसन्धान अगाडि बढाएको छ । कान्तिपुर दैनिकबाट
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे