यस्तो हुनेछ छ प्रचण्डको एक हप्ते अष्ट्रेलिया भ्रमण

यस्तो हुनेछ छ प्रचण्डको एक हप्ते अष्ट्रेलिया भ्रमण

नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड करिब एक हप्ताका लागि अस्ट्रेलिया भ्रमणमा आउने भएका छन् ।

प्रचण्ड जुन २३ तारिख मेलवर्नमा उत्रने छन् भने त्यही दिन उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेक छ भने २४ तारिखमा सिड्नी आउने कार्यक्रम छ उनको ।

नेकपा माओबादीको भातृ संगठन नेपाली जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन उनी अस्ट्रेलिया आउन लागेका हुन् । बिहिबार नेपाली समाज अस्ट्रेलियाको बैठकले उनको भ्रमण ब्यक्तिगत भएपनि पुर्व प्रधानमन्त्रीको रूपले अष्टेलियाका नेपाली समाजले उनलाई सामूहिक रुपमा आफ्ना कुराहरू राख्ने निर्णय गरेको छ ।

जनप्रगतीशित मन्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले पार्टीको कार्यक्रम भएपनि नेपालको पुर्व प्रधानमन्त्री र सत्तासिन दलका नेताको हैसियतले पनि अस्ट्रेलियाबासीको तर्फवाट केहि औपचारिक बुँदागत माग प्रस्तुत गर्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेको भातृ संगठन ओएनएफका अध्यक्ष रमेश पाण्डेले स्थानिय नेपालीको समसामयिक समस्या र नेपालको हैसियत र लगानीका बारेमा चासो राख्नुपर्ने बताए ।

पाण्डेले अगाडि भने-‘हाम्रा स्थानिय मुद्दाहरुको सम्वोधन गरिनुपर्छ ।’ एनएडीएफका अध्यक्ष बालचन्द्र भट्टराईले नेपालवाट आउने कुनैपनि राष्ट्रियस्तरका नेता नेपालका नेता भएकोले सबै नेपालीले त्यसको फाइदा लिनुपर्ने बताए ।

दल बिशेषको कार्यक्रममा भाग लिन आएपनि नेपालवाट आउने राष्ट्रिय नेतालाई स्वागत र सम्बोधन गर्नु हरेक नेपालीको दायित्व भएकोेले यस्तो कार्यक्रमको आयोजना गरिनुपर्ने बालचन्द्रले सुनाए ।

कार्यक्रममा गणेश तामाङले प्रचन्डको भ्रमण सबैको लागि स्वागतयोग्य भएपनि राजुदतावासले भने आफ्नो परराष्ट्रसम्वन्धी कर्तब्य पुरा नगरेकोमा गुनासो गरे ।

छलफल कार्यक्रममा एनआरएनए अष्टेलियाका उपाध्यक्ष दिनेश पोखरेलले फूटेर नभइ जुटेर प्रबीसमा रहेका नेपालीका समस्याबारे पूर्ब प्रधानमन्त्रीलाई अबगत गराउनु पर्ने कुरा तर्फ जोड दिए ।

जनप्रगतीशिल मन्चको आयोजनामा भएको कार्यक्रममा एनअराएनका प्रवक्ता ज्ञानेन्द्र रेग्मी , मन्चका शेषमणी घिमिरे , सह संयोजक हिमलाल गैरे, सिड्नी युनिभर्सिटीका प्राध्यापक डा. कृष्ण कुमार श्रेष्ठ, मोम बिश्वकर्मा लगायतले भ्रमणका बिषयमा आआफ्ना धराणा राखेका थिए ।

प्रचण्डले स्थानीय राजनितीक दलका नेता र भिन्न मुलुककमा राजदुतहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको मञ्चका शेषमणी घिमिरेले बताए ।

भ्रमणका क्रममा प्रचण्डलाई यहाको स्थानीय कृषि फार्म , बिकास निमार्ण र रेल तथा बसमा समेत यात्रा गराएर नौलो अनुभव गराउने प्रयासमा आयोजक जुटेको कुरा मनऋषि धितालले बताए । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे