किंग खान शाहरुख नेपाल आउने

किंग खान शाहरुख नेपाल आउने

काठमाडौं, साउन २३


बलिउडका किंग खान शाहरुख नेपाल आउने भएका छन् । उनी नेपाल आएर नेपाली फ्यानहरुसँग मज्जाले नाच्नेछन् । कान्साई नेरोल्याक पेन्ट्सले आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेको हुन् । कान्साई नेरोल्याकको ‘डान्स विथ डन’ नामको स्किममा बिजेताहरुले नायक शाहरुखसँग भेट्ने र सँगै नाच्ने अवसर पाउनेछन् । शाहरुक नेरोल्याक पेन्ट्सको ब्रान्ड एम्बेसडर हुन् ।
नेपालीहरुको महान चाड दशैं तिहारलाई लक्षित गर्दै पेन्ट्ले डानस विथ डन स्किम बजारमा ल्याएको छ । यो स्किमको बारेमा जानकारी गराउदै नेरोल्याक पेन्ट्सका नेपाल प्रमुख सत्य प्रकाशले भने ‘दशैंपछि शाहरुख डान्स विथ डनका लागि नेपाल आउनेछन’। उनका अनुसार शाहरुख कात्तिकमा नेपाल आउने छन् । तर दिन भने तोकिन बाँकी छ ।
भर्खरै सार्वजनिक गरिएको यो योजनाअनुसार प्रत्येक २५ हजार रुपैयाँको पेन्ट्स खरिदमा एउटा स्क्रयाच कार्ड प्राप्त गर्न सकिनेछ । कार्डलाई स्क्रयाच गरी एलइडी टिभी, फ्रिज, मोबाईल, घडी तथा शाहरुख खानको सिग्नेचर भएको पेनहरु पनि प्राप्त गर्न सकनेछ । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे