अचेत भएको १२ घण्टा पुग्दासमेत अझै खुलेन शशांक कोइरालाको होस

अचेत भएको १२ घण्टा पुग्दासमेत अझै खुलेन शशांक कोइरालाको होस

२२ असार

बुधबार बिहान एक्कासि विरामी भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्था अझै स्थिर रहेको छ। आफुहरुले सक्दो प्रयास गरेता पनि कोइरालाको अवस्थामा सुधार आउन नसकेको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

ओम अस्पतालको कृतिम श्वासप्रश्वास (भेन्टिलेटर) मा राखेर उपचार गराइरहेका कोइरालाको अधिकांश अंगले काम नगरेको उपचारमा संलग्न डाक्टरले बताएका छन् । प्रेसर बढाउन चार प्रकारका औषधि प्रयोग गरिएपछि उनको ब्लडप्रेसर १०० ५० रहेको अस्पतालले जनाएको छ।

कोइरालाको दुवै फोक्सोमा इन्फेक्शन, मधुमेह र मृगौलामा समस्या देखिएको छ। बिहानैदेखि उनलाई भेट्न राजनीतिक पार्टीका नेता तथा शुभचिन्तकको अस्पतालमा भीड लागेको छ ।
अस्पतालले पत्रकार सम्मेलनमार्फत २४ घण्टासम्म केही भन्न नसकिने जाकारी दिएको छ । उनको बिहान ५ बजे स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्याइएको थियो ।
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे