सिंघमले कमायो दुई दिनमा ५३ करोड

सिंघमले कमायो दुई दिनमा ५३ करोड

काठमाडौ, भाद्र २

 अजय देबगण र करीना कपुर अभिनित फिल्म ‘सिंघम रिटन्र्स’ले रिलिजको पहिलो दिन सान्दार कमाई गरेर यो वर्षको पहिलो दिन सबै भन्दा धेरै कमाई गर्ने फिल्मको सुचिमा आफुलाई दर्ता गरिसकेको छ ।
यस्तै प्रदर्शनको दोस्रो दिन पनि उत्तिकै राम्रो कारोवार गरेको छ । शुक्रवार र शनिवार गरेर फिल्मले ५३ करोड कमाई गरेको फिल्म निर्माताहरुको भनाई रहेको छ ।
फिल्मले मुम्बई, पूणे, दिल्ली, पञ्जाब, राजस्थान लगायतका राम्रो ब्यापार गरेको छ । सलमान खान अभिनित किककै हाराहारीमा सिंघम रिटन्र्सले ब्यापार गरेपछि यो वर्ष सबै भन्दा धेरै कमाउने फिल्ममा कुन हुने छ भन्नेमा चर्चा सुरु भएको छ ।
शुक्रवार र शनिवार जस्तै राम्रो ब्यापार आईतवार र सोमबार पनि भयो भने यस फिल्मको ब्यापारिक प्रतिस्पर्धा किकसँग हुने अनुमान गरिएको छ ।
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे