स्वेता भन्छिन्- अब मेरो जीन्दगीमा खुशी आउने छैन

स्वेता भन्छिन्- अब मेरो जीन्दगीमा खुशी आउने छैन

काठमाडौं भदौ, ३१

पति श्रीकृष्ण श्रेष्ठको निधनपछि शोकमा रहेकी नायिका स्वता खड्काले दुःखमा आफूलाई साथ दिएको धन्यवाद दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले परिवार, आफन्त, साथीभाइ, फ्यान लगायत सबैलाई दुःखमा साथ, हौसला र आत्मबल बढाउन सघाएकोमा सबैलाई धन्यवाद दिएकी हुन् ।
साथै उनले चलचित्र कोहिनुरलाई सफल बनाउन भूमिका खेलेकोमा आभार प्रकट गरेकी छन् । उनले सँगै बसेर कोहिनुर हर्ने नपाएकोमा समेत दुखेसो पोखेकी छिन् ।
उनले अब मेरो जीन्दगीमा सायद खुशी आउने छैन भनेकी छन् । उनले लेखेकी छन्-‘केरो जीन्दगीमा यस्तो कहाली लाग्दो घटना घट्ला भनेर मैले सोचेको पनि थिइँन । जुन कहिल्यै भूल्न सक्दिन । मैले जति प्रयास गरेपनि अब मेरो जीन्दगीमा सायद खुशी आउने छैन ।’
दिनहरु वितेर महिना बढी भइसक्दा पनि आफू त्यो घटनालाई बिर्सिएर अघि बढ्न नसकेको उनले बताएकी छन् ।
उनले आफू केही समय आफ्ना फ्यान, शुभचिन्तकहरुमाझ आउन नसक्ने भन्दै फेसबुकमार्फत माफी मागेकी छन् । उनले लेखेकी छन्-‘सक्दो प्रयास गरेर छिटो भन्दा छिटो आउने कोशिस अवश्यक गर्नेछु ।’
 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे