बाबुराम भट्टराईको निधन

बाबुराम भट्टराईको निधन

रुपन्देही, असार २०

वरिष्ठ पत्रकार तथा साहित्यकार पण्डित बाबुराम भट्टराईको निधन भएको छ ।

नेपालको प्रगतिशील लेखनको आन्दोलनमा सक्रिय तथा लामो समयदेखि पत्रकारिता पेशा गर्दै आएका भट्टराईको गएराती निधन भएको हो । भट्टराई बुटवल–१४ स्थित तामनगरमा बस्दै आएका थिए ।

परिवारका अनुसार, टेलिभिजनमा युरोकप फुटबल हेर्दाहेर्दै उनी अचानक बेहोस भएपछि तत्काल उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएको थियो ।

अस्पतालले हृदयघात भन्दै मृत घोषणा गरेको परिवारले जनाएको छ ।

२००७ सालमा अर्घाखाँचीको खिदिममा जन्मिएका भट्टराई ३५ वर्षदेखि पत्रकारिता क्षेत्रका क्रियाशिल थिए । भट्टराईका श्रीमती, २ छोरा र २ छोरी छन् । उनको आइतबार देवघाटमा अन्त्यष्टी गरिने छ ।

भट्टराईले म्याक्सिम गोर्कीको प्रसिद्द उपन्यास ‘आमा’को भावानुवाद समेत गरेका थिए । 

समाचार

अर्थ

पर्यटन

सम्पर्क ठेगाना

  • राजमार्ग चौराहा, बुटबल रुपन्देही , लुम्विनी
  • ईमेल
  • info@lumbininews.com

    siddarthamedia2014@gmail.com

लुम्बिनी न्युज समुह

  • अध्यक्ष
  • - भवानी प्रसाद घिमिरे