भुतखोलामा डुबेर युवकको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३ झुम्सास्थित भुतखोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

नयाँ वर्ष मनाउन साथीहरुसँग भुतखोला पुगेका रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ बेलहियाका करिब ३० वर्षका शिभम जैसवालको मृत्यु भएको दोभान प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पोखरी हेर्ने क्रममा ढुंगामा चिप्लिएर पोखरीमा खसेका उनलाई उद्दार गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?