मुख्यमन्त्री गिरीले बैशाख ११ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले बैशाख ११ गते विश्वासको मत लिने भएका छन् । यसका लागि ११ गते विहान ११ बजे प्रदेश सभा बैठक बोलाईएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै चैत १२ गते माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले दोश्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

८७ सांसद रहेको प्रदेश सभामा बहुमतका लागि ४४ मत चाहिन्छ । अहिले एमालेका २९ र राप्रपाका ४ सांसदको मात्रै सरकारलाई समर्थन छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?