जुङ्गे महादेव मन्दिर पुनःनिर्माण गरिने

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२ स्थित बागेश्वरी मन्दिर परिसरभित्रको जुङ्गे महादेव मन्दिर पुनःनिर्माण गरिने भएको छ ।

उपमहानगरपालिकाले मन्दिर पुनःनिर्माणका लागि रु दुई करोड बजेट विनियोजन गरेपछि बोलपत्र आह्वान गरी प्रक्रिया अघि बढाइएको छ । जुङ्गे महादेवको प्रतिमा रहेको सो मन्दिर तालमाथि रहेको छ ।

मन्दिर पुनःनिर्माणका लागि तालको पानी सुकाइ, मन्दिर र मूर्ति यथावत राखेर प्रवेशमार्ग र पूजा गर्ने क्षेत्र फराकिलो बनाउन लागिएको नगरप्रमुख प्रशान्त विष्टले जानकारी दिए । एक वर्षभित्र निर्माण सक्ने गरी काम अघि बढेको उनको भनाइ छ ।

प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको तालको बीचमा रहेको जुङ्गे महादेवको मूर्ति रहेको मन्दिर भक्तजनको रोजाइमा पर्ने गरेको छ । जीर्ण र साँघुरो प्रवेशमार्ग रहेका कारण शिवरात्रिलगायत चाडपर्वमा दर्शनार्थीलाई असहज हुने गरेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?