रोटरीको नियमित बैठकमा कर सम्बन्धी जानकारी

बुटवल । रोटरी क्लव अफ बुटवलको १४ सय ५८ औं नियमित बैठकमा कर सम्बन्धी जानकारी दिईएको छ ।

बैठकमा गेष्ट स्पीकरको रुपमा सहभागी आन्तरिक राजश्व कार्यालय बुटवलका प्रमुख ध्रुव पोखरेलले कर प्रणाली, कर छली हुने अवस्था, राजश्व सम्बन्धी नीति, करका विभिन्न प्रकारहरुका बारेमा प्रकाश पारेका थिए ।

उनले करदाता र राजश्वका कर्मचारीहरुबीच सिधा सम्पर्क स्थापित नहुँदा बेलाबेलामा उद्योगी व्यवसायी तथा अन्य करदाताहरुले बिचौलियाका कारण समस्याहरु भोग्नु परिरहेको भन्दै अव सिधा सम्पर्क स्थापित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कतिपय अवस्थामा नजानेर पनि व्यवसायीहरु कर सम्बन्धी समस्यामा पर्ने गरेको र अन्जानवश पनि कर छली हुने गरेका घटनाहरु हुने गरेको भन्दै उनले यसतर्फ सबैले सजगता अपनाउन आवश्यक रहेको बताए ।

उनले विदेश जाने विद्यार्थीका नाममा ठूलो कारोबार देखाउने परिपाटी पनि पछिल्ला दिनमा मौलाउँदै गएकोले यसले पछि गएर स्वयम व्यक्ति नै समस्यामा पर्न सक्ने खतरा औंल्याए ।

क्लवका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरीयनहरु कृष्ण पराजुली, टिकाराम न्यौपाने, हरि पौडेललगायतले कर सम्बन्धी विभिन्न जिज्ञासा एवं सुझाव दिएका थिए ।

त्यस्तै बैठकमा क्लवका सचिव लालहरि पाण्डेले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु गोविन्द खनाल, छविन्द्र भट्टराई, विन्ध्याकेशर जोशी, संगीता अर्याललगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

बैठकमा राष्ट्रपतिबाट विभुषित रोटरीयन र बेष्ट प्रिन्सिपल अवार्ड प्राप्त गर्न सफल दीप बोर्डिङ हाइस्कुलका प्राचार्य टिकाराम न्यौपानेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?