ईदले समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाएको छ : मुख्यमन्त्री

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ईद पर्वले समाजमा सद्भाव, भातृत्व, प्रेम र विश्वास बढाउन महत्वपूर्ण भुमिका खेल्दै आएको बताएका छन् ।

मुस्लिम समुदायको महान पर्व ईद उल फित्र (ईद) को अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन, “नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो । विभिन्न जात जाति र समुदायले मनाउने पर्व र परम्पराले मुलुकलाई सांस्कृतिक रुपमा रंगिन बनाएका छन् । विविधतायुक्त समाजमा मनाइने सांस्कृतिक उत्सव र पर्वले समाजमा सद्भाव, भातृत्व र मेलमिलापको वातावरण बनाएका छन् ।”

उनले संविधानले मुस्लिम समुदायको उत्थान र विकासका लागि मार्ग प्रशस्त गरेको बताए । संविधान कार्यान्वयन हुँदै जाँदा सवै समुदाय, वर्ग, र जातिले व्यवहारिक रुपमा प्राप्त अधिकारको उपभोग गर्दै जाने उनले विश्वास व्यक्त गरे ।

गिरीले शुभकामना सन्देशमा ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्य बोकेर अघि बढेको प्रदेश सरकार प्रदेशको विकार समृद्धिको बाटोबाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि संकल्पित रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?