दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलक खेल क्षेत्रमा अगाडि बढिरहेको बताएकी छन् । उनले सरकारले प्रत्येक पालिकामा खेलकुद मैदान निर्माणसहित खेलाडी उत्पादनका लागि राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताइन् ।
दाङको बङ्गलाचुलीमा सुरु भएको तेस्रो बङ्गलाचुली कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै शर्माले खेलाडीलाई खेल क्षेत्रबाट विश्वसामु नेपाललाई चिनाउन आग्रह गरिन् । मन्त्री शर्माले खेलकुदको क्षेत्रमा बजेट बनाउँदा प्राथमिकताका आधारमा योजना बनाउन थालेको उल्लेख गरिन् ।
उनले द्वन्द्वपीडितका मुद्दा टुङ्याउन सरकारले सङ्क्रमणकालीन न्यायको माध्यमबाट छिटो हल गर्ने बताइन् । मन्त्री शर्माले गणतन्त्रमाथि संसद्भित्र र बाहिर दुवै क्षेत्रबाट आक्रमण भइरहेको भन्दै सम्पूर्ण जनता परिर्वतनको पक्षमा उभिन आवश्यक रहेको बताइन् ।

