१४ वर्षपछि नेपालगञ्जमा गायत्री महायज्ञ हुँदै

बाँके । सद्भाव सहरका रुपमा रहेको नेपालगञ्जमा १४ वर्षपछि ५१ कुण्डीय गायत्री महायज्ञ हुने भएको छ । दिव्य आकर्षक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवम् चार वेदको भव्य कलश यात्रासहित वैशाख २६ देखि २९ गतेसम्म नेपालगञ्जको खजुरा रोडस्थित गायत्री मन्दिरमा सो महायज्ञ हुने गायत्री परिवार प्रज्ञा मण्डलले जनाएको छ ।

एकाउन्न कुण्ड निर्माण गरी त्यसमा पूजन सुरु हुने महायज्ञका संयोजक सत्यनारायण पाठकले जानकारी दिए । उनले भने, “महायज्ञमा प्रज्ञा पुराण र कथा प्रवचन हुन्छ जहाँ १८ पुराणको निचोड आउँछ ।”

मानवले जीवन जिउने कला प्रज्ञा पुराणको विशेषता भएको उल्लेख गर्दै पाठकले भक्तजनलाई महायज्ञमा सहभागी हुन आग्रह गरे । ऋषि तपोनिष्ट वेदमूर्ति पं श्रीराम शर्मा आचार्यद्वारा रचित श्रीमद् पावन प्रज्ञा पुराणको पूजन एवं कथा वाचन गरी शुभारम्भ हुने महायज्ञमा भारतको हरिद्वारबाट पं शैलविहारी दुवेलगायत पाँच पण्डितको सहभागिता रहनेछ ।

दिव्य आकर्षक श्रीराम, लक्ष्मणजी भएको प्रतीकात्मक झाँकीका साथ श्रीमद् पावन प्रज्ञा पुराण एवं चार वेदको भव्य कलश यात्रासमेत हुनेछ । महायज्ञमा करिब रु २० लाख खर्च हुने अनुमान छ ।

महायज्ञमा बाँकेबाहेक, बर्दिया दाङ, सुर्खेत, जनकपुर, काठमाडौँ, धनगढीबाट समेत भक्तजनको उल्लेख्य सहभागिता रहनेछ । टाढाबाट आएका भक्तजनलाई खान र बस्नको प्रबन्धसमेत गरिएको आयोजकले जनाएका छन् । महायज्ञका लागि विभिन्न उपसमितिसमेत निर्माण गरिएको छ । नेपालगञ्जमा यसअघि हनुमान जयन्ती भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?