गुल्मीमा २ जना महिलाको मृत्यु

गुल्मी। गुल्मीको इस्मा गाउँपालिकामा कुलोमा डुबेर एक महिला र सत्यवती गाउँपालिकामा घाँस काटने क्रममा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।

जिल्लाको इस्मा गाउँपालिका–२ सामाचौर की ३७ वर्षीय मायाँ खत्री कुलोमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए । शुक्रबार बिहान ५ बजे स्थानीय छल्दी पनाह बाट भालु खोला सामाचौर हुँदै भलातारी तर्फ बग्ने पानीको कुलोमा डुबेर मृत अवस्थामा शव फेला परेको हो ।

शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पताल ल्याइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।

त्यस्तै जिल्लाको सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी ३५ वर्षीय गीता सुनारको घाँस काट्ने क्रमम भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?