बुटवलले गर्‍यो इ–रिक्सा चालक महिलालाई सम्मान

बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरपालिकाले आइतबार इ–रिक्सा तथा टेम्पो चालक महिलालाई सम्मान गरेको छ ।

श्रमिक दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले नगरमा दर्ता भएर सञ्चालनमा रहेका ३५ चालक महिलालाई सम्मान गरेको हो । बुटवल उपमहानगरपालिकामा आयोजित सम्मान कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षदेखि महिला चालकका इ–रिक्सा र टेम्पोबाट लिइने करमा छुट दिने बताए ।

पाण्डेयले इ–रिक्सा र टेम्पो चालक महिलाको बीमा गर्ने गरी तयारी गरिरहेको बताउँदै बुटवलमा महिलालाई प्रोत्साहन गर्नका लागि महिला चालक जनशक्ति उत्पादनमा आगामी वर्षदेखि लगानी गर्ने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनाल, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाईंले इ–रिक्सा चालक महिला आत्मनिर्भर भएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?