बुटवल । नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी बुटवलबाट पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका रायमाझिलाई विहिबार काठमाडौं ल्याइने जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो ।
सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ ।
यस्तै सांसद रायमाझीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि सन्धिखर्कमा पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले भने, “फसाउन खोजिएको हो कि के हो ? हामीले जान्ने कुरा भएन । यसमा हाम्रो संलग्नता छैन ।” उनले आफूले भूटानी शरणार्थीको दीर्घकालीन समस्या समाधानका लागि पहल गरेको बताए ।

