रुपन्देही । नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले पक्राउ गरेको छ । भैरहवाबाट पक्राउ परेका उनलाई काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले स्रोतले जानकारी दिएको छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोप रायमाझीमाथि छ । उनका छोरा सन्दीपको नाममा डेढ करोडको चेक काटिएको भेटिएको छ ।
रायमाझीका छोरा सन्दीपलाई बुधवार नै प्रहरीले बुटवलबाट पक्राउ गरिसकेको छ । उनलाई बुद्ध एयरको विमानमार्फत् काठमाडौं पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी श्याम अर्यालले बताए ।
उनले भने, “बिहान ७ बजेको टिकट थियो, मौसमका कारण फ्लाइट डिले भयो। उहाँ एयरपोर्टमै हुनुहुन्छ ।” हिजो राति जिल्ला प्रहरी कार्यालयमै उनलाई राखिएको थियो । उनलाई आज अदालतमा पेश गर्ने तयारी छ । यहि प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परिसकेका छन्।

