बुद्धका उपदेशबाट आपसी सद्भाव, सहिष्णुता र बन्धुत्व अभिवृद्धि हुनेः प्रदेश प्रमुख शेरचन

रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले विश्वले शान्तिको प्रकाशका रूपमा सम्मानित गौतम बुद्धको जन्मभूमि नेपाल हुनु सबैका लागि गौरवको विषय भएको बताएका छन् ।

२५६७औँ बुद्ध जयन्तीका अवसरमा हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।

बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रदेश प्रमुख शेरचनले शान्तिका दूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

यसबाट राष्ट्रिय एकता सुदृढ हुनाका साथै विश्वशान्तिका लागि समेत मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रदेश प्रमुख शेरचनले बुद्ध जयन्तीका अवसरमा नेपालीको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने कामना पनि गरे ।

वैशाख शुक्लपक्ष पूर्णिमाका दिन बौद्धदर्शनका प्रवर्तक राष्ट्रिय विभूति गौतम बुद्धको त्रिसङ्योग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको दिनलाई विश्विभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?