‘टरिगाउँ विमानस्थल प्रदेश र स्थानीय सरकार मिलेर बनाउछौँ’

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थललाई स्थानीय र प्रदेश सरकारले बनाउने बताएका छन् ।

सोमबार विमानस्थल विस्तारका लागि आयोजित कार्यक्रममा उनले आजैदेखि काम अघि बढेको बताए । “विमानस्थल आजैबाट बनाउन आजैदेखि सुरु भयो”, उनले भने, “हामी सङ्घीय सरकारसँग पनि अनुरोध गर्छौं, यसअघि पनि पटक–पटक भनिरहेका छौँ, नत्र यो विमानस्थल बनाउने अग्रसरता प्रदेश सरकारले लिन्छ ।”

यसअघि विमानस्थल निर्माण गर्ने ठेकेदारसँग पुनः कुराकानी भएको भन्दै रु ७० करोडमै एक हजार छ सय मिटर लामो हवाई मार्ग विस्तार गर्न सकिने उनले बताए ।

“नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर प्रदीप अधिकारीले यसअघि सोही विमानस्थलको इञ्जिनियरिङ गर्दा रु नौ अर्ब लाग्ने भन्नुभएको थियो”, मुख्यमन्त्री चौधरीले भने, “तर, ७०/७२ करोडमै काम गर्न सकिने गरी कुराकानी भएकाले त्यहीअनुसार काम अगाडि बढ्छ ।”

हाल रहेको सात सय ५० मिटर धावन मार्गलाई विस्तार गरी एक हजार छ सय मिटर बनाउनका लागि कपास विकासको जग्गा भए पुग्ने उनले बताए । उनका अनुसार त्यहाँ रहेको मन्दिर र खानेपानी ट्याङकी हटाउनका लागि पनि सम्बन्धितलाई निर्देशन दिइसकिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?