back to top

लुम्बिनी प्रदेश योजना आयोग उपाध्यक्षमा डा. केसी नियुक्त

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा नहकुल केसीलाई नियुक्त गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले दाङ तुलसीपुर उपमहानगरपालिका–६ का स्थायी बासिन्दा डा केसीलाई प्रदेश योजना आयोजनाको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका मन्त्री तथा प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिए ।

मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा पाँच सदस्य समिति रहने गर्दछ । जसमा उपाध्यक्ष र चार जना सदस्य मुख्यमन्त्रीले नियुक्त गर्ने प्रावधान रहेको छ ।

उपाध्यक्षमा नियुक्त केसी स्थानीय शासन तथा गरिबी निवारणको क्षेत्रमा क्रियाशील हुनुहुन्छ । लामो समयदेखि स्थानीय विकासको क्षेत्रमा क्रियाशील डा केसीले ग्रामीण तथा स्थानीय विकासमा विद्यावारिधि गरेका छन् ।

आयोगको उपाध्यक्षको मासिक तलब ४९ हजार हुन्छ भने आवास सुविधा, फर्निचर, गाडी, इन्धन, अतिथि सत्कारलगायत गरी मासिक डेढ लाख बढीको सुविधा हुन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?