कांग्रेस सच्चिएर अघि बढ्नुको विकल्प छैन : श्रेष्ठ

बुटवल । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले कांग्रेस सच्चिएर अगाडी बढनुको विकल्प नरहेको बताएका छन् । उनले कांग्रेसप्रतिको जनविश्वास घट्न नदिन नेताहरुले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।

प्युठानको स्वर्गद्धारीमा हुन लागेको ‘तीन दिवसीय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’बारे जानकारी गराउन रिपोर्टर्स क्लब नेपालको लुम्बिनी प्रदेश कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रेष्ठले कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको विचलन र अनुशासनहिनता न्यूनीकरण गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै काँग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भुमिकाको चर्चा गरे ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको आयोजनामा बैशाख २९ गतेदेखि ३१ गतेसम्म चल्ने प्रशिक्षण कार्यक्रममा प्रदेशका १२ जिल्लाबाट झण्डै एक सय जना अगुवा कार्यकर्ताहरुको सहभागिता रहने श्रेष्ठले बताए । कार्यक्रमलाई पार्टीका केन्द्रिय उपसभापति तथा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री धनराज गुरुङ्गले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?