बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१४ आर्मी ब्यारेक नजिकै रा१ख १२०१ नम्बरको बसले रा३प ४२ नम्बरको मोटरसाइकललाई बिहीबार बेलुका ठक्कर दिएको थियो ।

दुर्घटनामा रोल्पाको रुन्टीगढी गाउँपालिका–३ का २१ वर्षका चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता राजन गौतमले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका नेपालीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?