back to top

‘विद्यार्थी जीवनबाटै राजनीतिको ज्ञान लिन आवश्यक’

गुल्मी । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य सोमनाथ सापकोटाले विद्यार्थी जीवनबाटै राजनीतिको ज्ञान लिन आवश्यक रहेको बताएका छन् ।

उनले एउटा शिक्षित व्यक्तिले राजनीति गर्दिन भन्ने हो भने सधै अज्ञानी र भ्रष्टहरुबाट शासित भएर बस्नुपर्ने बताए । सापकोटाले अबको शिक्षा वैज्ञानिक र व्यवहारिक हुनुपर्नेमा जोड दिए । यसका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने उनको भनाई छ ।

एमालेको भातृसंगठन अनेरास्ववियू मुसिकोट नगर कमिटीले ५९ औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सापकोटाले अझै पनि घरभित्रैदेखि समाजमा पनि विभेदको अवस्था कायमै रहेको उल्लेख गर्दै उनले समानताको लागि विद्यार्थीबाटै अभियानको सुरुवात हुनुपर्ने बताए ।

कार्यक्रममा एमाले मुसिकोट नगरपालिका ईन्चार्ज तथा नगरप्रमुख जिवन खरेलले विद्यार्थीलाई अध्ययनसँगै जीवनोपयोगी सिकाईको लागि नगरले विभिन्न कार्यक्रम अगाडी सार्ने तयारी गरेको बताए । नगरले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिलाई ध्यानमा राखेको बताउँदै उनले यसका लागि विद्यार्थीहरुको रचनात्मक सुझाव र सहयोगको खाँचो रहेको बताए ।

स्थापना दिवस तथा विद्यार्थी प्रशिक्षणात्मक कार्यक्रममा अनेरास्ववियु निवर्तमान केन्द्रिय सदस्य तथा पूर्वजिल्ला अध्यक्ष विमल छन्तेल, मुसिकोट नगर विद्यार्थी इन्चार्ज रामकृष्ण कंडेल, एमाले मुसिकोट नगरकमिटी सचिव गोपिकृष्ण खरेल, एमाले जिल्ला सदस्य नारायण सापकोटा, हरिहर सापकोटा, सिता भुसालले विद्यार्थीले राजनिति गर्नुहुन्न भन्ने गलत बुझाइकै कारण देशले असल र ईमान्दार नेता पाउन नसकेको बताए । विद्यार्थीले पढ्दै गर्दा विदेश जाने मनस्थिती बनाउनु भन्दा पनि देश परिवर्तनको लागि खाका बनाउनतर्फ ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिए ।

कार्यक्रममा नगर कमिटिले गत चैत ५ गते सम्पन्न स्ववियु निर्वाचनमा रुद्रावती बहुमुखी क्याम्पस वामीमा निवार्चित पदाधिकारी तथा निवार्चनमा सहयोग गरेका सदस्यहरुलाई प्रमाण–पत्रसहित सम्मान गरिएको नगर कमिटीका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए ।

स्ववियु निवार्चनमा प्रत्यक्षतर्फबाट अध्यक्ष अनिष पाठक, कोषाध्यक्ष अनुरोधा सापकोटा, सदस्य शोभा राना र राहुल शाक्य तथा समानुपातिक तर्फबाट उपाध्यक्ष पदम बहादुर रायमाझि, सह–सचिव नेत्रकलि कुमाल र सदस्य मन बहादुर राना विजयी भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?