back to top

राजमो बुटवलमा श्रेष्ठ चयन

बुटवल । राष्ट्रिय जनमोर्चा बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलनले पुनः पदमप्रसाद श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ ।

राजमोको आज सम्पन्न नगर सम्मेलनले १३ पूर्ण र चार वैकल्पिक गरी १७ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा माया खनाल, सचिवमा गङ्गालाल सापकोटा, कोषाध्यक्षमा गोपाल गैरे, सहसचिवमा गोपाल बन्जाडे निर्वाचित भएका हुन् ।

यसैगरी सदस्यमा शशी पौडेल, दिलप्रसाद नेपाली, रेनु सिंह, मुक्ति सापकोटा, कृष्ण बराइली, भोला भुसाल, विष्णु विक, अमृता पुन रहेका छन् । वैकल्पिक सदस्यमा दीपक योगी, विष्णुमाया बेल्वासे, शेरबहादुर थापा र एकल रिजाल चयन भएका हुन् ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले निष्ठा र नैतिकताको राजनीति हराउँदै गएको वर्तमान अवस्थामा जनताका समस्या समाधान गर्ने आन्दोलन कमजोर बनेको बताए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पार्टीलाई जनताको माझमा र साथमा लैजानका लागि बलियो सङ्गठनको आवश्यक्ता पर्ने हुँदा त्यसमा सबैलाई सक्रिय भएर लाग्न आग्रह गरे ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?