पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा माधव अर्याल निर्विरोध चयन भएका छन् । मञ्चको साधारणसभाबाट कान्तिपुर दैनिकका पत्रकार अर्याललाई पुनः अध्यक्षमा चयन गरिएको हो ।
मञ्चको उपाध्यक्षमा देव पचभैया, सचिवमा विजय पौडेल, कोषाध्यक्षमा कमल अधिकारी र सह–सचिवमा दुर्गेश मल्ल तथा सदस्यमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपानेलाई चयन गरिएको छ ।