वामीटक्सारमा पहिलो पटक रक्तदान, १ सय ११ युनिट रगत संकलन

गुल्मी । पाल्पाका हेमन्त घिमिरे गुल्मीको मुसिकोट नगरपालिका–७ वामीस्थित रुद्रावति बहुमुखी क्याम्पस तथा बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा अध्यापन गराउँछन् ।

सामाजिक सञ्जालमा आफ्ना साथीहरुले रक्तदानको फोटो पोष्ट गर्दा उनलाई पनि रक्तदान गर्ने रहर थियो । शनिबार मुसिकोट युवा क्लबले नेपाल स्वयंमसेवी रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा वामीटक्सारमा गरेको ‘बृहत रक्तदान कार्यक्रम’मा सहभागी भएर उनले पहिलो पटक रक्तदान गरे ।

रक्तदान गर्न पाउँदाको खुसी उनको अनुहारमा प्रष्ट देखिन्थ्यो । “पहिलो पटक रक्तदान गर्न पाँउदा खुसी छु” घिमिरेले भने, “हामीले दिएको रगत हाम्रै सेरोफेरोका विरामीले पाउने गरी व्यवस्था मिलाउन क्लबलाई अनुरोध छ ।”

बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीकी लक्ष्मी पुनले पनि पहिलो पटक रक्तदान गरिन् । यसअघि इच्छा भएर पनि उनले रक्तदान गर्ने अवसर पाएकी थिइनन् । उनले रक्तदान जस्तो पुण्यको काम गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

यी दुई त प्रतिनिधि पात्र हुन् मुसिकोट युवा क्लबले गरेको रक्तदान कार्यक्रममा अधिकांशले पहिलो पटक रक्तदान गरे । क्लबका अध्यक्ष बसन्त अधिकारीका अनुसार कार्यक्रममा एक सय ११ जनाले रक्तदान गरेका हुन् । रक्तदानमा सहभागी सम्पूर्णलाई क्लवको सदस्यता समेत वितरण गरिएको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?