राष्ट्रिय उद्यान महासंघ गठन

बुटवल । देशभरका उद्यान (पार्क)को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासंघ गठन गरेको छ । महासङ्घको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक प्रमुख दुई संस्थाका अध्यक्ष नै क्रमशः अध्यक्ष र महासचिवमा चयन भएका छन् ।

अध्यक्षमा आयोजक संस्था बुटवलस्थित मणिमुकुन्दसेन उद्यान परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेल र महासचिवमा अर्का आयोजक संस्था शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) का अध्यक्ष बेलप्रसाद शर्मा सर्वसम्मत चयन भएका हुन् ।

नेपालमा पहिलोपटक आयोजना भएको उक्त सम्मेलनले महासङ्घको उपाध्यक्षद्वयमा रघुनाथ खुलाल (मकवानपुर) र मिना श्रेष्ठ (रुपन्देही)लाई चयन गरेको छ । सचिवमा लक्ष्मीप्रसाद खनाल (सुनसरी) र कोषाध्यक्षमा सुनिता शर्मा (पाल्पा) चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा विष्णुमाया आचार्य, टङ्क बराल, अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम चयन भएका छन् ।

सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका एक सय ५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताए । यही जेठ ६ र ७ गते बुटवलमा उक्त सम्मेलन आयोजना गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?