गुल्मी । लियो क्लव अफ गुल्मी सालिमेको अध्यक्षमा भुगोल सापकोटा चयन भएका छन् । क्लबकाे प्रथम साधारण सभाले उपाध्यक्षमा प्रतिमा बस्नेत, सचिवमा सुशान्त शाक्य, सह–सचिवमा प्रतिमा कार्की र कोषाध्यक्षमा आदर्श बौद्धाचार्यलाई चयन गरेको छ ।
सोमबार वार्षिक साधारण सभा तथा अन्तर विद्यालयस्तरीय खुला रेकर्ड डान्स एवम् क्यारिकेचर प्रतियोगिताको कार्यक्रम गर्दै क्लबले पदाधिकारीहरुको नाम सार्वजनिक गरेको हो । क्लबको प्रशाशकीय प्रमुखमा विवेक काफ्ले चयन भएका छन ।
कार्यक्रममा क्लवका सचिव झरना घिमिरेले प्रतिवेदन, कोषाध्यक्ष सुशान्त शाक्यले १ लाख ५१ हजार ९ सय ५७ रुपैयाँ बराबरको आयव्यय प्रस्तुत गर्दै क्लवको खातामा हाल २० हजार ९ सय ७२ रुपैयाँ बचत रहेको जानकारी गराए ।
क्लबले आयोजना गरेको खुल्ला रेकर्ड डान्स प्रतियोगीतामा त्रिभुवन माध्यमिक विद्यालय मुसिकोट नगरपालिका–६, कुर्घा प्रथम, ताराखसे युवा क्लव मु.न.पा ८ द्धितिय एवम् शारदा विद्या मन्दिर माध्यमिक विद्यालय मु.न.पा ८ तृतीय भएका छन् ।
यस्तै खुल्ला क्यारिकेचर प्रतियोगीतामा एक मात्र प्रतियोगीको रुपमा सहभागीता जनाउँदै महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका सचिन कार्कीले प्रथम स्थान हासिल गरे ।
कार्यक्रमका अवसरमा क्लबले सहयोगदाता, नयाँ कार्यसमितिको अनुमोदन सँगै संस्थापक कार्यसमितिलाई सदस्यता पत्र वितरण तथा सम्मान समेत गरेको छ ।
कार्यक्रममा बोल्दै DLLI GRADUATES, BACHELOR FROM LIONS UNIVERSITY CERTIFIED GUIDING LION CHARTERED TREASURER OF LIONS CLUB OF BUTWAL CENTRAL AND DISTRICT DEPUTY TREASURER OF DISTRICT 325 P, Nepal– लायन विष्णु कुँवरले लियो क्लव र लायन्स क्लवको स्थापना र महत्वबारे प्रकाश पारे ।
उनले सयुंक्त राष्ट्र सघंको चार्टड कार्यक्रममा समेत लायन्स क्लव सहभागी हुने भन्दै सुगर रोग, आँखा अस्पताल स्थापना, वातावरणीय सरसफाई, बालबालिकाको क्यान्सर र युवा सचेतनाका विषयमा क्लबले काम गर्दै आईरहेको बताए ।

