back to top

आगलागीको उच्च जोखिममा रहेका वडामा सुरक्षा जालो अभियान

बाँके । आगलागी, भूकम्पजस्ता घटनाको सबैभन्दा बढी जोखिममा रहेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ३ र ७ मा सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरिएको छ ।

फातिमा फाउण्डेसन नेपालले बिहीबार सम्बन्ध एवं समन्वय विस्तारका लागि उक्त वडामा सामुदायिक सुरक्षा जालो अभियान सञ्चालन गरेको जनाएको छ । संस्थाका अध्यक्ष मैमुना सिद्दिकीका अनुसार सो कार्यक्रम गत अप्रिल १ देखि ३० महिनाका लागि लागू भएको हो ।

“आगलागी, भकम्पजस्ता घटनामा भएमा सबैभन्दा बढी जोखिममा रहेको वडामा कार्यक्रम सञ्चालन गरिएको हो”, अध्यक्ष सिद्दिकीले भनिन्, “यसले जोखिमविरुद्ध लड्न समुदाय तयार हुने विश्वास लिएको छु ।”

सामुदायिक सुरक्षा जालो अभियानका विषयमा मनोविमर्शकर्ता सुमन धिमालका अनुसार विपद्का बेला सबैभन्दा बढी प्रभावित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक रहेको जनाउँदै उनीहरूलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको बताए ।

तीस महिनाको उक्त परियोजनाको उदेश्य समुदायमा सहयोगको भावना जगाउने मनोविमर्शकर्ता धिमालले बताए । “सामाजिक सुरक्षा जालो तयार गर्न वडामा समूह गठन गर्ने, अभिमुखीकरण गर्ने, विभिन्न खालका सहयोग गर्ने कार्यक्रम रहेको छ”, उनले भने, “समुदायमा गरिने यस्ता सानासाना कार्यक्रमले एकापसमा सद्भावको सम्बन्धलाई समेत कायम राख्नमा मद्दत पुग्नेछ ।”

उनले विपद्ले पारेको असर समुदायमै समाधान गर्ने, समाधान गर्न नसके समाधानका लागि सरोकारवाला निकायमा पहल, पैरवी गर्ने, समन्वय तथा सिफारिस गरिने बताए । मनोविमर्शकर्ता धिमालले आवश्यक भएसम्म मनोविमर्श गर्ने, तत्काल उद्धार, शिक्षामा सहयोगलगायत कार्यक्रमको लक्ष्य रहेको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?