नवलपरासीको प्रतापपुरमा दम्पतीको हत्या

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका–८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो ।

भेडिहार दम्पतीको सोमबार राति उनीहरु बसोबास गर्दै आएको गोठमा हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । उनीहरुको टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या भएको उनले बताए ।

पथलहनीको बैरिहवामा घर भएका उनीहरु गाइवस्तुको रेखदेख गर्न गोठमा सुत्न गएका थिए । दम्पतीको हत्यामा संलग्नको पहिचान हुन बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?