एमालेको कार्यविभाजन : लुम्बिनीमा यी नेताले पाए जिम्मेवारी

बुटवल । नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको तोकेको छ । एमालेको सचिवालय बैठकले प्रदेश प्रदेश, जिल्ला र पालिकाहरूमा इन्चार्ज तोकेको हो ।

प्रदेशमा सचिवहरूलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । यस्तै जिल्लाको इन्चार्जमा स्थायी कमिटी, पोलिटब्युरो र अपुग भएको स्थानमा सांगठनिक अनुभव भएका केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश र जिल्ला इन्चार्जको जिम्मेवारी तोकिएकाहरूलाई आफ्नो भूगोल बाहिर र केन्द्रीय सदस्यहरूलाई आफ्नो पालिका बाहिरको जिम्मेवारी तोकिएको छ ।

लुम्विनी प्रदेश ईन्चार्ज रहेका पोलिटब्युरो सदस्य एवम पूर्वमुख्यमन्त्री लिला गिरीलाई बर्दिया ईन्चार्जको जिम्मेवारी दिइएको छ भने बैजनाथ चौधरीलाई पाल्पाको ईन्चार्ज बनाईएको छ ।

प्युठानबाट प्रतिनिधिसभा सदस्य समेत रहेको सुर्य थापालाई गुल्मी, पाल्पाका ठाकुर गैरेलाई अर्घाखाँची र अर्घाखाँचीका चेतनारायण आचार्यलाई दाङ खटाइएको छ ।

हेर्नुहोस यस्तो छ नेताहरुको जिम्मेवारी बाँडफाँड


नामजिम्मेवारी
पदमाकुमारी अर्याललुम्बिनी प्रदेश इन्चार्ज
सावित्रादेवि अर्याल लुम्बिनी साँस्कृतिक नगरपालिका
शिवराज सुवेदीदेवदह नगरपालिका, रोहिणी र ओमसतिया गाउँपालिका
भुमिश्वर ढकालसिद्धार्थनगर नगरपालिका तथा जनसंगठन समन्वय लुम्बिनी प्रदेश संयोजक
दलबहादुर रानारुपन्देही जिल्ला इन्चार्ज
दधिराम न्यौपानेबुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिका
गोमादेवि आचार्यसैनामैना नगरपालिका तथा कञ्चन, गैडहवा र सियारी गाउँपालिका
गिरिधारीलाल न्यौपानेबाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिका तथा प्रमुख कृषि तथा पशुपन्छी विभाग
खिमलाल भट्टराईकपिलवस्तु जिल्ला इन्चार्ज
कमल गौतममर्चवारी, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिका
गिरिधारीलाल न्यौपानेबाणगंगा र बुद्धभुमी नगरपालिका तथा प्रमुख कृषि तथा पशुपन्छी विभाग
ब्रिजेशकुमार गुप्ताकपिलवस्तु र महाराजगञ्ज नगरपालिका तथा शुद्धोधन, मायादेवी र यशोधरा गाउँपालिका
शुशिलकुमार श्रीवास्तवशिवराज र कृष्णनगर नगरपालिका तथा बिजयनगर गाउँपालिका
चेतनारायण आचार्य दाङ जिल्ला इन्चार्ज
कोमल ओलीबबई, दंगिसरण र शान्तिनगर गाउँपालिका
घनश्याम पाण्डेतुल्सीपुर उपमहानगरपालिका तथा इन्चार्ज मानव अधिकार फाँट
मेनका पोखरेलघोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिका
साजिदा खातुन सिद्धिकीराप्ती र गढवा गाउँपालिका
सिता न्यौपानेलमही नगरपालिका र राजपुर गाउँपालिका
खेममान खड्का बाँके जिल्ला इन्चार्ज
दिपा शर्माराप्ती सोनारी र नरैनापुर गाउँपालिका
पशुपति दयाल मिश्रजानकी र डडुवा गाउँपालिका
मोहम्मद हारुन हलुवाईकोहलपुर नगरपालिका
शान्ति ढकालखजुरा र बैजनाथ गाउँपालिका
सुर्य ढकालनेपालगञ्ज उपमहानगरपालिका
लिला गिरीबर्दिया जिल्ला इन्चार्ज
खड्गबहादुर खड्कागुलरिया र मधुवन नगरपालिका
भिमबहादुर के.सी.राजपुर र ठाकुरबाबा नगरपालिका तथा गेरुवा गाउँपालिका
शोभा ज्ञवालीबाँसगढी र बारबर्दिया नगरपालिका तथा बढैयाताल गाउँपालिका
जिवन गौतमरोल्पा जिल्ला इन्चार्ज
ईश्वरी जिएमरोल्पा नगरपालिका, परिवर्तन, माडी, दुईखोली गाउँपालिका
कुमार दशौंदीरुन्टीगढी, गंगादेव र त्रिवेणी गाउँपालिका
यमुना रोका तामाङथवाङ, सुनिलस्मृति र लुंग्री गाउँपालिका
सुर्य थापागुल्मी जिल्ला ईन्चार्ज तथा संयोजन प्रचार कार्य, लुम्विनी
गणेश खनालकालिगण्डकी, सत्यवती, चन्द्रकोट गाउँपालिका तथा मुसिकोट नगरपालिका
जंग बहादुर नेपालीधुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिका
दिनेश पन्थीरेसुङ्गा नगरपालिका तथा रुरुक्षेत्र, छत्रकोट र गुल्मी
दरबार गाउँपालिका
ठाकुर प्रसाद गैरेअर्घाखाँची जिल्ला ईन्चार्ज
चन्द्र बहादुर खडकाशितगंगा र भुमिकास्थान नगरपालिका तथा पाणिनी गाउँपालिका
बोमबहादुर विश्वकर्मासन्धीखर्क नगरपालिका तथा मालारानी र छत्रदेव
गाउँपालिका
बलराम अधिकारीनवलपरासी पश्चिम जिल्ला ईन्चार्ज
बिमला अर्यालरामग्राम नगरपालिका तथा पाल्हिनन्दन गाउँपालिका
सरिता खनाल (भुसाल)सुनवल, बर्दघाट नगरपालिका तथा प्रतापपुर, सरावल र सुस्ता गाउँपालिका
नरुलाल चौधरीप्युठान जिल्ला इन्चार्ज
हरि रिजालप्युठानका सबै पालिकाहरु
नविन रोक्कारुकुम पूर्व जिल्ला ईन्चार्ज
बैजनाथ चौधरीपाल्पा जिल्ला इन्चार्ज
सिर्जना काफ्लेपाल्पा जिल्लाका सवै पालिकाहरु
नरेन्द्रकुमार श्रेष्ठमधेश, कोशी र लुम्बिनी प्रदेश सम्पर्क कमिटी
लक्ष्मणराज ज्ञवालीसंयोजन, पार्टी स्कुल, लुम्बिनी प्रदेश

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?