अन्तर माविस्तरीय सडक नाटक प्रतियोगिता सम्पन्न

बुटवल । तिलोत्तमा नगरपालिका–७ स्थित गौतमबुद्ध माध्यमिक विद्यालयको आयोजनामा वातावरण तथा सामाजिक जनचेतना सम्बन्धी सडक नाटक प्रतियोगिता सम्पन्न भएको छ ।

तिलोत्तमा नगरपालिकाको शिक्षा शाखाको ‘एक विद्यालय, एक सिर्जनशील कार्यक्रम’ अन्तरगत प्रतियोगिता गरिएको हो ।

प्रतियोगितामा बोल्दै शिक्षा शाखाका प्रमुख गंगाराम आचार्यले बालबालिकालाई पढाइलेखाईमा मात्र नभई हरेक क्रियाकलापहरुमा सक्षम र सबल बनाउन विद्यालय तहदेखिनै यस्ता कार्यक्रमको आवश्यकता पर्ने बताए । उनले जित मात्र नभई हारले भोलीको जितको ढोका खुल्ने बताए ।

विद्यालयका प्रधानाध्यापक मृगेन्द्र रिजालले प्रतिस्पर्धाले नगरका विद्यार्थीहरुको सम्बन्ध प्रगाढ हुनुका साथै उनीहरुको सर्वाङगिण विकासमा भुमिका खेल्ने बताए ।

यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद शर्मा न्यौपानेले अन्तर माध्यमिक विद्यालयबीच हुने सडक नाटक प्रतिस्पर्धाले कला प्रस्फुटनमा मद्धत पुग्ने बताए ।

१५ समृहको सहभागिता रहेको सडक नाटक प्रतियोगितामा दुर्गादत्त मावि शंकरनगर प्रथम, नवज्योती मावि डिंगरनगर द्धितिय, शान्ती नमुना मावि तृतिय र गौतमबुद्ध सामुदायिक विद्यालय सान्तवना स्थान प्राप्त गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?