भन्सार छली ल्याइएको ३ सय ५० बोरा अवैध मल बरामद

बुटवल । रुपन्देहीबाट ३ सय ५० बोरा अवैध मल बरामद भएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याइएका ४ लाख ३२ हजार मूल्य बराबरका ३ सय ४० बोरा ५० केजीको युरिया मल लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित खुनगाईबाट बरामद भएको हो ।

बिहीबार साँझ साढे ७ बजे सडक किनारामा लुकाइछिपाइ राखेको अवस्थामा रुपन्देही प्रहरीले उक्त मल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बताए ।

यस्तै, ५० केजीको बोरामा राखिएका ६४ बोरा चामल पनि त्यही स्थानबाट बरामद भएको छ । फेला परेका अवैध सामान स्थानियको रोहबरमा बरामद गरी आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बुझाइएको प्रवक्ता अर्यालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?