लुम्बिनीका ५ जिल्ला पहिरोको उच्च जोखिममा, २ लाख प्रभावित हुने

बुटवल । लुम्बिनी प्रदेशमा यस वर्षको मनसुनबाट करिब २ लाख मानिस प्रभावित हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रक्षपण गरेको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य जोखिमको अवस्थाबारे जानकारी गराउँदै यस वर्ष लुम्बिनीमा ४५ हजार ७३५ घरधुरीका एक लाख ९९ हजार ८६२ जना प्रभावित हुने आकलन गरिएको बताए ।

उनका अनुसार प्रदेशका पाँच जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान र रोल्पा पहिरोको उच्च जोखिममा रहेका छन् । रुकुम पूर्व पहिरोको मध्यम जोखिममा रहेको छ ।

प्रदेशको परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया बारम्बार बाढीबाट प्रभावित हुने जिल्लाहरु हुन् । तराईका केही जिल्लामा पछिल्ला समयमा बाढीको प्रभाव कम हुँदै गएको र पहाडी जिल्लामा पहिरोको जोखिम बढेको देखिएको प्राधिकरणले जनाएको छ ।

विगतको तथ्याङ्क, बारम्बार मनसुनको समयमा पहिरो गइरहेका र यसवर्षको मनसुनसम्बन्धी पूर्वानुमानका आधारमा बाढी तथा पहिरोबाट उच्च जोखिममा पर्ने जिल्लाको सूची सार्वजनिक गरिएको पोखरेलले् बताए ।

जल तथ मौसम विज्ञान विभागले यस वर्ष मनसुनका समयमा औषतभन्दा कम पानी पर्ने अनुमान सार्वजनिक गरेको भएपनि सावधानी अपनाउन जरुरी रहेको विभागका महानिर्देशक कमलराम जोशीले बताए । उनले भने, “औसतभन्दा कम पानी पर्ने भन्दैमा पानी नै नपर्ने र बाढीपहिरो नआउने भन्ने होइन । उत्तिकै सावधानी अपनाउनु जरुरी छ ।”

मनुसनको अवधिमा झाडापखाला, हैँजा जस्ता पानीजन्य रोगको संक्रमण बढ्नुका साथै सर्पदंश, डेंगु, मलेरियाजस्ता किटजन्य रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिलाई पनि तयारी अवस्थामा राख्नुपर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ ।

विभिन्न निकायअन्तर्गत रहेका विपद्का समयमा उद्धार तथा राहतसँग सम्बन्धित स्रोतसाधन तथा आवश्यक यन्त्र, उपकरण प्रदेशमा तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय

छुटाउनुभयो कि ?