बुटवल । प्युठानमा कार दुर्घटना हुँदा ८ जना घाईते भएका छन् । स्वर्गद्धारी मन्दिरको दर्शन गरेर फर्कदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्धारी नगरपालिका–३ भिंग्री नजिकै टाकुरा भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी सुशिल थापाले जानकारी दिए ।
उनका अनुसार कारमा दुई पुरुष, दुई महिला र ४ जना बालक सवार थिए । दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय भिंग्रीको प्रहरी टोली पुगेको छ । घाईतेहरुलाई उद्धार गरि प्युठान जिल्ला अस्पताल विजुवार पठाइएको थापाले बताए ।

